रास्वपाको कविन्द्र बुर्लाकोटी महामन्त्री, प्रवक्तामा मनिष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्रीको जिम्मेवारी कविन्द्र बुर्लाकोटीलाई दिएको छ ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा बसेको आजको केन्द्रीय समिति बैठकले पार्टीको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई महामन्त्रीको जिम्मेवारी दिएको हो ।
उनी यसअघि कार्यवाहक महामन्त्री थिए । रास्वपाले कार्यवाहक हटाएर उनलाई महामन्त्री बनाएको हो । मुकुल ढकालमाथि पार्टीले गरेको अनुशासनात्मक कारबाहीपछि बुर्लाकोटीलाई कार्यवाहक महामन्त्रीको जिम्मेवारी दिइएको थियो ।
त्यस्तै बैठकले कार्यवाहक प्रवक्ताका रूपमा रहेका मनिष झालाई प्रवक्ताको रूपमा पूर्ण जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहकका रुपमा रहेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कविन्द्र बुर्लाकोटी, #मुकुल ढकाल
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्