प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच डेढ घण्टा कुराकानी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच बालुवाटारमा करिब डेढ घन्टा कुराकानी भएको छ ।
दुई नेताबीच तिक्तता बढेको अड्कलबाजी भइरहेका बेला मंगलबार पूर्वराष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् ।
करिब ७ बजे बालुवाटार प्रवेश गरेकी भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब डेढ घन्टा समसामयिक राजनीति र अन्य विषयमा कुराकानी भएको बताइएको छ ।
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणलगत्तै नेपालका पूर्वी जिल्लाको भ्रमण सकेर काठमाडौँ फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेकी हुन् ।
भण्डारी सक्रिय राजनीतिमा फर्कने चर्चा चलिरहेका बेला उनको राजनीतिक भेटघाटबाट त्रसित प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै यस्ता गतिविधिको आलोचना गर्ने गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्