सरकारले ल्याएका ६ मध्ये ५ वटा अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौं । प्रतिनिधि सभाले विभिन्न पाँच वटा अध्यादेश स्वीकृत गरेको छ । बुधबार बसेको संसद बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ वटा मात्रै स्वीकृत भएको हो । तर, सँगै सदनमा प्रस्तुत भएको भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश ‘होल्ड’ मा राखिएको छ ।
यो अध्यादेश गत २ माघमा जारी भएको थियो । यो अध्यादेश ‘होल्ड’ गरेर प्रतिनिधि सभाले बाँकी अध्यादेश अगाडि बढाएको हो । गत पुस १४ मा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । यसलाई प्रतिनिधि सभाले बुधबार बहुमतले स्वीकृत गरेको हो ।
पुस २९ मा थप चारवटा अध्यादेश जारी भएका थिए । सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो ।
निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।
यी अध्यादेश पनि बुधबार प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । अब राष्ट्रिय सभाबाट समेत स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्नेछ । राष्ट्रिय सभामा भोलि पेश गर्ने तयारी सरकारको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्