क्यानडा र मेक्सिकोलाई अतिरिक्त कर लिने ट्रम्पको निर्णय स्थगित
काठमाडौं । क्यानडा र मेक्सिकोले सीमा सुरक्षामा कडाइ गर्ने प्रतिबद्धता जनाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी दुई देश माथि लगाइएको अतिरिक्त करको निर्णयलाई तत्कालका लागि स्थगित गरेका छन् ।
ट्रम्पसँग भएको सहमति अनुसार क्यानडाले सीमा हेर्नका लाग थप अधिकारी चयन गर्नेछ । यसैगरी, मेक्सिकोले सीमामा थप १० हजार सैनिक परिचालन गर्ने छ । ट्रम्प र छिमेकी देशका नेतृत्वबीच फोनमा वार्ता भए पछि यो निर्णय ३० दिनका लागि स्थगित भएको हो ।
ट्रम्प र चिनियाँ अधिकारीबीच भने अहिलेसम्म वार्ता भएको छैन । ती दुई देश बीचको नेतृत्वको पनि तत्काल वार्ता हुने अनुमान गरिएको छ । ट्रम्पले चीनसँग सहमति नभए अहिले निर्णय गरिएको थप १० प्रतिशत अतिरिक्त करको निर्णय भन्दा बढीको करको निर्णय हुनसक्ने बताएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश
ताजा खबर
- १खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न
- २काठमाडौं महानगरको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित
- ३सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्यो: महासचिव पोखरेल
- ४सरकार गैरजिम्मेवार बनेको हर्क राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना
- ५सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः काँग्रेस सांसद रोकाय



तपाईको कमेन्ट लेख्नुहोस्