फूलचोकी जंगलमा हराएका भेटिए १३ जना
काठमाडौं । सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र हराएका १३ जना भेटिएका छन् ।
प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो ।
सोमबार बेलुकी उनीहरू जंगलभित्र हराएपछि आफैंले प्रहरी कन्ट्रोल रुममा खबर गरेका थिए । फेला पर्नेमा १० पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने छ । उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #१३ जना भेटिए, #ललितपुरको फूलचोकी
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्