सिआइबीले लियो धनराज गुरुङसँग ५ घण्टा बयान,डिभोर्स सक्कली नै भएको दाबी
काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बयान लिएको छ । लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा बोलाएर बुधबार मितेरी सहकारी ठगीबारे उनीसँग बयान लिइएको हो ।
झण्डै ५ घण्टा बयान लिएपछि घटना विवरण कागज गराएर छाडिएको सिआइबीले जानकारी दिएको छ । मध्यान्न १२ देखि साँझ ५ बजेसम्मै सोधपुछ गरिएको थियो । ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ ।
ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूबीच २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि पनि उनीहरू सँगै बस्दै आएको र दायित्व बेहोर्दै आएको समाचार सार्वजनिक भएको थियो । हाल ज्योतिसहितका आरोपीमाथि रेड नोटिस जारी भइसकेको छ ।
प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनबारे सोधपुछ गरेको जानकारी दिएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन भएको भेटिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ज्योति गुरुङ, #झण्डै ५ घण्टा बयान, #धनराज गुरुङ, #सहकारी ठगी प्रकरण
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्