सिआइबीले लियो धनराज गुरुङसँग ५ घण्टा बयान,डिभोर्स सक्कली नै भएको दाबी
काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बयान लिएको छ । लाजिम्पाटस्थित सिआइबीको कार्यालयमा बोलाएर बुधबार मितेरी सहकारी ठगीबारे उनीसँग बयान लिइएको हो ।
झण्डै ५ घण्टा बयान लिएपछि घटना विवरण कागज गराएर छाडिएको सिआइबीले जानकारी दिएको छ । मध्यान्न १२ देखि साँझ ५ बजेसम्मै सोधपुछ गरिएको थियो । ललितपुर महानगरपालिका ५ स्थित महालक्ष्मीस्थानमा रहेको मितेरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारीका सञ्चालक ज्योति गुरुङसहित ५ जना विरुद्ध जाहेरी परेको छ ।
ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूबीच २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि पनि उनीहरू सँगै बस्दै आएको र दायित्व बेहोर्दै आएको समाचार सार्वजनिक भएको थियो । हाल ज्योतिसहितका आरोपीमाथि रेड नोटिस जारी भइसकेको छ ।
प्रहरीले गुरुङसँग सहकारीबाट लिएको ९१ लाख ऋण र सहकारीको रकम अपचलनबारे सोधपुछ गरेको जानकारी दिएको छ । मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन भएको भेटिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ज्योति गुरुङ, #झण्डै ५ घण्टा बयान, #धनराज गुरुङ, #सहकारी ठगी प्रकरण
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्