बक्यौता महसुल उठाउन कुलमानलाई थप सजिलो,मन्त्रालयले पठायो पत्र
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ट्रंक तथा डेडिकेटेड महशुल बक्यौता ‘टाइम अफ द डे’(टीओडी) मिटरका आधारमा उठाउन नेपाल विद्यूत् प्राधिकरणलाई पत्राचार गरेको छ । मन्त्रालयले यस विवादित मु्द्दा सन्दर्भमा सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्राचार गरिएको जनाएको छ ।
आगामी १५ दिनभित्र सम्पूर्ण बक्यौता उठाएर उद्योगमा लाइन जोड्न प्राधिकरणलाई पत्र पठाएको प्रवक्ता चिरञ्जीवी चटौतले जानकारी दिए । ‘मन्त्रिपरिषद्को निर्णयअनुसार, मन्त्रालयले लाल आयोगको प्रतिवेदन समेत सार्वजनिक गरेको छ ।
मन्त्रालयले आगामी १५ दिनभित्र बाँकी सम्पूर्ण बक्यौता उठाउन र लाइन काटिएका उद्योगमा पुनःलाइन जोड्न प्राधिकरणलाई निर्देशन दिइएको छ । निर्णय कार्यान्वयनका लागि प्राधिकरणलाई पत्र गइसकेको छ । सरकारले ट्रंक तथा डेडिकेटेड महशुल विवाद सल्टाउने गरी निर्णय गरेको बताइएको छ ।
मन्त्रिपरिषद्ले १५ दिनभित्र महशुल बक्यौता उठाउने र उद्योगमा लाइन पुनः जोड्ने निर्णय गरेपछि सोमबार साँझसम्म लाइन काटिएको उद्योगमा बिजुली जोडिएको छैन । मन्त्रालयले लिखित पत्र पठाएसँगै अब प्राधिकरणलाई उद्योगमा लाइन जोड्ने र महशुलबापतको प्रिमियम शुल्क उठाउने बाटो खुलेको छ ।
मन्त्रालयको लिखित पत्रसँगै प्राधिकरणलाई महशुल बक्यौता उठाउन थप सहज भएको छ । लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्ने निर्णय समेत प्राधिकरणले कार्यान्वयन गर्नुपर्ने छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ऊर्जा, #जलस्रोत तथा सिँचाइ, #बक्यौता ‘टाइम अफ द डे
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्