मीनबहादुरले दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउनूः सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी मीनबहादुर गुरूङले नेकपा एमालेलाई दान दिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सोमवार सुनुवाइ हुँदा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश भएको हो । अधिवक्ता ज्ञानबाहादुर बस्नेत र श्यामकृष्ण मास्केले उक्त रिट दिएका थिए ।
इजलासले यो विवादमा रिट निवेदक ज्ञान बस्नेतसमेत, विपक्षी नेकपा एमाले र व्यवसायी मीनबहादुर गुरुङलाई अन्तरिम आदेशका लागि छलफलमा बोलाएको छ ।
विवादास्पद र अनुसन्धानको दायरामा परेका गुरूङसँग एमालेले जग्गा लिएको भन्दै सोही पार्टीका केही नेतासहितले विरोध गरिरहेका छन् ।
एमालेले सहयोग लिन कुनै बाधा नपर्ने दावी गर्दै आएको छ । यसअघि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र व्यापारी गुरूङले भवन शिलान्यास गरिसकेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, सामाजिक सञ्जाल
ताजा खबर
- १मानबहादुर नेपालीले दिए सहमहामन्त्री (समावेशी दलित) पदका लागि उम्मेदवारी
- २प्रेम प्रकाश ओलीले दिए काङ्ग्रेस केन्द्रीय सदस्य पदमा उम्मेद्बारी
- ३अजयबाबु शिवाकोटीले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी
- ४गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता
- ५पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण



तपाईको कमेन्ट लेख्नुहोस्