Techie IT
  • २३ माघ २०८१, बुधबार
KhojPatrika

बुटवलमा छविलाई १३ घण्टामा ५७ प्रश्न सोधियो, भोलि नै पोखरा पठाइने


काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम दुरुपयोगको आरोपमा अनुसन्धानको लागि पोखराबाट रुपन्देही ल्याइएका पूर्वडिआईजी छविलाल बन्जाडे जोशीलाई सोमबार ५ र मंगलबार करिब ८ घण्टा लगाएर ५७ वटा प्रश्न सोधेर बयान सकिएको छ । मंगलबार अबेर बयान सकिएकाले यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धि छानविनका लागि बुधबार पुनः पोखरा लगिने भएको छ ।

गोरखा मिडिया नेटवर्कका तत्कालीन उपाधयक्ष रहेका छविलालसँग मंगलवार दिनभर लगाएर बयान पूरा गरिएको हो । उनीसँग रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहबरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले उनीसँग बयान लिएका हुन् ।

छविलाललाई बिहान ११ बजेदेखि बेलुका पौने ७ बजेसम्म बयान लिइएको थियो । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी रन्जितसिंह राठौरले जोशीको बयान सकिएकाले उनलाई बुधवार नै पोखरा पठाइने बताए । बयानमा छविलालले पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका बारेमा समेत केही विषय बोलेको बताइएपनि सबै खुलेको छैन ।

जोशीको बयान लिइरहेको बेला जिल्ला अदालतनजिकै सहकारीपीडितहरूले योजनाबद्ध तरिकाले सहकारी ठगी गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शनसमेत गरेका थिए । सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रुपैयाँ रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ ।

बुटवलको सुप्रिम सहकारीबाट जोशीका नाममा २ करोड ५० लाख रुपैयाँ गएको देखिएको छ । त्यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेका नाममा २ करोड रकम गएको अनुसन्धानमा देखिएको छ ।


क्याटेगोरी : अर्थ, जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्