रवि लामिछाने छुटाउन राष्ट्रिय स्वतन्त्र पार्टीको आन्दोलन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि कास्कीको पोखरामा आन्दोलन चर्किन थालेको छ । लामिछानेलाई हिजो अदालतमा ल्याउने क्रममा निकै ठूलो आन्दोलन चर्किएको थियो । उनका समर्थकले निषेधित क्षेत्रसमेत तोडेर प्रदर्शन गरेपछि नेपाल प्रहरीले पानीको फोहरा र अश्रुग्यास समेत प्रहार गरेको थियो । त्यसपछि भीड तितरबितर भयो ।
लामिछानेका समर्थक मात्र होइन रास्वपाका शीर्षस्थ नेताहरु समेत पोखरा केन्द्रित भएका छन् । उनीहरुले सरकारविरुद्ध सडकमा सशक्त आवाज उठान गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी गरेको निषेधाज्ञासमेत तोडेर यसरी सडकमै लम्पसार भएर सुत्ने रवि लामिछानेका समर्थक हुन् । उनी प्रहरीलाई ‘हान दुई तिहाई सरकार’ भनेर प्रहरीविरुद्ध खनिएका छन् ।
सडकमा न्यायका लागि आएको भन्दै उनले प्रहरीले गरेको ज्यादतीको घोर भत्र्सना गरे । लामिछाने पक्राउ पर्नेदिन नै पार्टी कार्यालयमा आन्दोलनको स्वरुप देखिएको थियो । दोस्रो दिन पोखरा मात्र होइन, देशका विभिन्न स्थानमा समेत विरोध प्रदर्शन भएको थियो । आइतबार लामिछानेलाई अदालतमा म्याद थपका लागि लिने भएपछि सुरक्षा चुनौती बढ्नु स्वभाविक नै थियो । त्यसैले जिल्ला प्रशासन कार्यालय, कास्कीले अदालत आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा ग¥यो । प्रशासनले निषेधाज्ञा लगाएपनि प्रदर्शनकारीले भने त्यसलाई तोडे । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच तनावको अवस्था सिर्जना भएको थियो ।
आज पनि निरन्तर आन्दोलन गर्ने रास्वपाले जनाइसकेको छ । लामिछाने लगायत रास्वपाका नेताहरुले आफूरुमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाइरहेका छन् । आफूमाथि अन्याय भएको भन्दै न्यायका लागि लामिछानेले नागरिकलाई सडकमा आउन आग्रह गरिरहेका छन् । उनका समर्थकले पक्षमा नाराबाजी गरिरहँदा सहकारी पीडितहरुले उनको विपक्षमा नाराबाजी पनि गरिरहेका छन् । आफूले बचत गरेको रकम अपचलन भएको भन्दै उनीहरुले लामिछाने लगायतका विरुद्ध प्रदर्शन गरिरहेका छन् ।
लामिछानेलाई अदालतले दोषी सावित गर्छ या निर्दोष सावित गर्छ त्यो अहिले नै भन्न सकिने अवस्था छैन । तर, यही स्थितिमा भीड जम्मा गरेर आन्दोलन चर्काउन थालियो भने त्यसले सकारात्मक परिणाम दिने भने देखिदैन । सहकारी पीडितले न्यायको लागि याचना गरिरहेका बेला सहकारी पीडकलाई बचाउने खेल रहस्यमय नै छ । सर्वसाधारणका लागि राजनीति गर्छौ भन्नेहरु तिनकै पसिनामा रजाई गर्न थाले भने मुलुक कसरी अघि बढ्ला ? बढो चिन्ताको विषय बनेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्दोलन चर्किन, #कास्कीको पोखरा, #रवि लामिछाने पक्राउ
ताजा खबर
- १भीम रावललाई घनश्याम भुसालको आह्वानः एकीकृत समाजवादीमा आउनुस्
- २लिपुलेकबारे चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता अतिक्रमण भयोः विप्लव
- ३कांग्रेसको एक वर्षभित्र महाधिवेशन गर्न दबाब बढाउनुसः शेखर कोइराला
- ४भारतीय पूर्वप्रधानमन्त्री सिंहको राजकीय अन्त्येष्टि
- ५माओवादी पहिलो दल भए गिरिबन्धु, वाइडबडी सबै फाइल खोल्ने प्रचण्डको चेतावनी
तपाईको कमेन्ट लेख्नुहोस्