टीआरसीको पदाधिकारी सिफारिस गर्न सरकारद्धारा समिति गठन
काठमाडौं । सरकारले सत्य निरुपण र बेपत्ता खोजबिनसम्बन्धी आयोगको पदाधिकारी सिफारिस गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठन गरेको हो ।
समितिमा पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती समेत सदस्य छन् । यसअघि प्रचण्ड सरकारले पनि मिश्रकै नेतृत्वमा सिफिारिस समिति बनाएको थियो । तर, ऐन संशोधन नभएका कारण राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले काम नै गर्न सकेन ।
बिहीबार तीन दलका शीर्ष नेताहरुबीच सहमति भएपछि नयाँ समिति गठन गरिएको बताइएको छ । बैठकले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई पुनः नियुक्त गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #पदाधिकारी सिफारिस, #बेपत्ता खोजबिन, #सत्य निरुपण
ताजा खबर
- १सर्वोच्चद्वारा कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता, विशेष महाधिवेशन अनुमोदित
- २हर्क साम्पाङको सरकारलाई प्रस्तावः स्थायी नियुक्ति खारेज गरी करार प्रणाली लागू गर्न कानुन संशोधन गरौँ
- ३सभामुख अर्यालको प्रतिवद्धताः ‘राम्रा नजिर पछ्याउँछु, गल्ती भए माफी माग्न तयार छु’
- ४धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दिए राजीनामा
- ५पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



तपाईको कमेन्ट लेख्नुहोस्