हिन्दु राष्ट्र संविधानमा हैन स्वाभिमानमा चाहिन्छः मेयर बालेन शाह
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले हिन्दु राष्ट्र संविधानमा नभई स्वाभिमानमा चाहिने बताएका छन् । मेयर शाहले बुधवार सामाजिक सञ्जाल फेसबुकमा कवितामार्फत भनेका छन्– ‘मलाई बुद्ध बोलीमा हैन, ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिन्छ ।’ उनले आफ्नो ठाउँ नै नरहेपछि गाउँ मासेर बनेको सहरको काम नभएको बताउँदै आफ्नो भाउ नै नभए पनि नाउँ बेचेर बनेको रहरको पनि काम नहुने बताएका छन् ।
यस्तो छ मेयर शाहको कविता
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मेयर बालेन शाह, #स्वाभिमानमा चाहिने
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्