धनुषामा हिरासतबाट ८ जना थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको जनाएको छ ।
हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।
फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले आठजना थुनुवा हिरासतबाट भागेको सुनेको जानकारी दिए ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #८ जना थुनुवा फरार, #थुनुवा फरार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्