राष्ट्रिय गानको धुन किन गर्यो नेपाल टेलिकमले दुरुपयोग ?
काठमाडौं । नेपालमा विहिबार संविधान अर्थात् राष्ट्रिय दिवस मनाइदैंछ । २०७२ असोज ३ गते संविधान जारी भएको अवसरमा संविधान दिवस मनाइन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालबाट दरबारमार्गमा हुने कन्टसर्टको प्रचार प्रसार गरिरहेका छन् । तर, नेपाल टेलिकम र एनसेलले राष्ट्रिय गानको धुनमा चरम दुरुपयोग गरेका छन् । धुन सुन्ने बित्तिकै जो कोही । राष्ट्रिय भावले जुन स्थानमा छन् । सोही स्थानमा उभिएर राष्ट्रिय गान गाउँछन् । धुन सुन्ने बित्तिकै नै राष्ट्रिय गान बज्यो भन्ने सबैलाई थाहा हुन्छ ।
सरकारी तथा गैरसरकारी कार्यक्रममा राष्ट्रिय गान बजाइन्छ र सबैले राष्ट्रिय गित नै गाएर सम्मान प्रकट गर्छन् । तर, सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले राष्ट्रिय धुनको चरम दुरुपयोग गरेको मात्रै छैन् अपमान समेत गरेको छ । विहिबार मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवसको प्रचार–प्रसारका लागि टेलिकम र एनसेलले चरम दुरुपयोग गर्दै विज्ञापनमा प्रयोग गरेका छन् ।
काठमाडौंको दरबारमार्गमा आयोजना गरेको कन्टसर्टको प्रचार प्रसारका लागि नेपाल टेलिकमले म्यासेज मात्रै पठाएको राष्ट्रिय धुनकै दुरुपयोग ग¥यो । यो धुन मोवाइल फोन प्रयोग गर्ने सबैको कानमा गुञ्जियो । चौतर्फी रुपमा सामाजिक सञ्जालमा विरोध बढेपछि टेलिकमले धुन हटाएको छ भने एनसेलले त अझै हटाएको छैन् ।
राष्ट्रियगान बज्ना साथ नागरिक जुन ठाउँमा छ त्यही ठाउँमा उभिएर राष्ट्रप्रति भक्तिभाव देखाउन पर्छ । यो संसारभर चलिआएको संस्कार हो । तर, नेपाली राष्ट्रिय गानको त्यस्तो कुनै सम्मान देखिएको छैन् । जसले जहाँ पनि मनपरी प्रयोग गर्न पाइरहेका छन् । अर्कोतर्फ राष्ट्रिय झण्डा समेत घर–घरमा मात्रै होइन सवारी साधनमा समेत राख्न सरकारले उर्दी नै जारी गरेको छ ।
के छ त अन्तराष्ट्रिय नजिर ?
भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने रियालिटी सो ‘बिग बोस’ को छैटौँ संस्करणमा भारतको राष्ट्र गानको दुरूपयोग भएको भन्दै भारतीय उच्च अदालतमा रिट दायर भएको थियो ।
उच्च अदालतले राष्ट्र गान दुरूपयोग रोक्न आवश्यक कदम चाल्न सन् २०१२ अक्टुबरमा केन्द्रीय सरकारलाई आदेश दियो । त्यसपछि डिसेम्बरमा भारतीय सूचना तथा प्रसारण मन्त्रालयले कलर्स टेलिभिजन च्यानललाई कारबाहीका लागि गृह मन्त्रालयलाई आग्रह गर्यो । कलर्स टिभीमाथि राष्ट्र गानलाई व्यवसायिक प्रवर्द्धनमा प्रयोग गरेको आरोप लाग्यो ।
सन् २०१० को अक्टुबरमा फिलिपिन्सको प्रतिनिधिसभाले राष्ट्रगान दुरुपयोग गर्ने वा अन्य कुनै ढंगले पुनःउत्पादन वा रिमिक्स गर्नेलाई दुईहजार अमेरिकी डलरसम्म जरिवाना तथा दुई वर्ष जेल सजायँ गर्ने गरि विधयेक पास गरेको थियो ।
बंगलादेशले राष्ट्रय झण्डा र राष्ट्रगान दुरुपयोग गर्नेमाथि कारबाही गर्ने गरि सन् २०१० को जुलाइमा कानून पास गरेको थियो । त्यसलगत्तै बंगलादेशको उच्च अदालतले मोबाइल फोन कम्पनीलाई रिङटोन तथा वेलकम टोनका रुपमा राष्ट्रगान नराख्न आदेश दियो ।
त्यहाँका तीनओटा मोबाइल फोन अपरेटरहरुले पैसा कमाउन मोबाइलमा राष्ट्रगान राखेको भन्दै अदालतले हरेक कम्पनीलाई ७० हजार अमेरिकी डलर जरिवाना समेत गरेको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय दिवस, #रियालिटी सो ‘बिग बोस, #संविधान
ताजा खबर
- १रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा
- २ओली, देउवा र दाहालले देश विगारेः राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
- ३अपराजित रहँदै कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
- ४कांग्रेस–एमालेसँग मिल्दामिल्दा माओवादीकै पहिचान हराउने आशंका छः प्रचण्ड
- ५अखिल क्रान्तिकारीको स्थगित सम्मेलन अव २३ र २४ मंसिरमा हुने
तपाईको कमेन्ट लेख्नुहोस्