Techie IT
  • २० असोज २०८१, आईतबार
KhojPatrika

शिव पंगेनी उत्कृष्ट भिडियो पत्रकारिता अवार्डबाट सम्मानित


काठमाडौं । कुपन्डोलस्थित होटल हिमालयनमा आयोजित एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२४ मा नेपालका चर्चित भिडियो पत्रकार शिव पंगेनीलाई उत्कृष्ट भिडियो पत्रकारिता (एक्सिलेन्स इन भिडियो जर्नालिजम) अवार्डबाट सम्मानित गरिएको छ ।

सिजन मिडियाको १६औं स्थापना दिवस तथा संविधान दिवस २०८१ को अवसरमा आयोजित यस कार्यक्रममा पंगेनीलाई पत्रकारितामा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।

असोज २ गते बुधबार साँझ सम्पन्न उक्त अवार्ड कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पंगेनीलाई सम्मान गरे । पंगेनीले लामो समयदेखि भिडियो पत्रकारिता क्षेत्रमा काम गर्दै आइरहेका छन् र उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सफलताका साथ पत्रकारिता गर्दै आएकोमा यस सम्मानले उनको योगदानलाई थप कदर गरेको छ ।

एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२४ मा नेपालका अन्य प्रतिष्ठित व्यक्तित्वहरूलाई पनि विभिन्न अवार्डबाट सम्मान गरिएको थियो । ग्लोबल डिप्लोमेसि एण्ड इकोनोमिक एक्सिलेन्स अवार्डबाट डा. राजेश काजी श्रेष्ठ, आउटस्ट्याण्डिङ लिडरशीप इन बैंकिङ अवार्डबाट बैंकर सुनिल के.सी, र लिडरशीप एक्सिलेन्स इन नेफ्रोलजी एण्ड पब्लिक हेल्थ सर्भिस अवार्डबाट डा अनिल पोखरेललाई सम्मान गरिएको थियो ।

कार्यक्रममा केवल नेपाली मात्र नभई अन्य एशियाली मुलुकका व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो । चीन, भियतनाम, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, र भारतका व्यक्तिहरूले पनि विभिन्न क्षेत्रमा पुर्याएको योगदानका लागि अवार्ड प्राप्त गरे ।

सिजन मिडियाका प्रमुख प्रदिप राज वन्तको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रम फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले सञ्चालन गरेका थिए ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्