कांग्रेस महामन्त्रीको टिप्पणीः ‘क्लिन चिट’ कि ‘क्लियर चिट ?’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे भ्रम नछर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई आग्रह गरेका छन् । ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न उनले आग्रह गरेका हुन् ।
रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् । शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘क्लिन चिट कि ? क्लियर चिट ? स्पष्ट हुनोस् प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले चिटको अर्थ–बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ?’
त्यस्तै, उनले पार्टीलाई आफ्नो नाम परिवर्तन गर्न पनि सुझाव दिएका छन् । स्वतन्त्र मन बनाएका नागरिकको भावनात्मक आवेश क्यास गर्न ‘स्वतन्त्र’ नाम रोजे पनि अब त्यसलाई छाडेर दलको नाम राख्न उनको सुझाव छ ।
‘कतिपय असन्तुष्टिको माहौलमा स्वतन्त्र मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग क्यास गर्न स्वतन्त्र नाम रोज्नुभो, एउटा आकार बनाउनुभो ! अब स्वतन्त्र छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना ! उनले लेखेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #रवि लामिछाने, #विश्वप्रकाश शर्मा
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्