सामुदायिक रेडियो प्रसारक संघको अध्यक्षमा पुनः गिरी
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को अध्यक्षमा पुनः अर्जुन गिरी निर्वाचित भएका छन् । ललितपुरमा जारी संघको १८ औं साधारणसभा तथा आठौं अधिवेशनबाट गिरी दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा, दलित उपाध्यक्ष गोपाल बराइली, मधेसी उपाध्यक्ष नवीन नरसिंह नेपाली, महासचिव बन्दना दनुवार, सचिव भक्त स्याङ्तान, लेखा समिति संयोजकमा सङ्गीत बस्याल र सदाचार समितिमा टीकाजंग थापा निर्विरोध निर्वाचित भएका हुन ।
कोशी प्रदेश अध्यक्ष टेकबहादुर खड्का, गण्डकी प्रदेश अध्यक्ष ओमकार आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष नवीन केसी र कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा पनि निर्विरोध निर्वाचित भएका छन् ।
निर्विरोध हुन नसकेका महिला उपाध्यक्ष पदमा मिना गुरुङ र खेमकुमारी पोखरेल, आदिवासी उपाध्यक्ष पदमा मिलन गाहा र पुष्पा चौधरी र कोषाध्यक्षमा तुला अधिकारी र रामनारायण सुवेदीबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, केही प्रदेश समितिका संयोजक, सदस्य र समितिका सदस्यमा केही निर्विरोध निर्वाचित भएका छन् । बाँकीको आइतबार ३ बजेसम्म निर्वाचन सकिसक्ने तयारी भइरहेको छ । दिउँसो १ बजेबाट निर्वाचन सुरु हुनेछ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति
- २बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
- ३प्रतिनिधिसभा निर्वाचनः यी ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
- ४यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- ५प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ



तपाईको कमेन्ट लेख्नुहोस्