बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच छलफल, सरकारको कामकारबाहीबारे छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच करिब दुई घण्टा छलफल भएको हो । छलफलमा कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री डा. आरजु राणा र गृहमन्त्री रमेश लेखकको सहभागीता रहेको थियो ।
त्यस्तै एमालेको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेलको उपस्थीति थियो । भेटमा सरकारका कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
कोसी सरकार विस्तार र गण्डकी सरकारमा देखिएको विवादबारे पनि छलफल भएको छ । भेटवार्तामा सत्तारुढ दलले ल्याउने भनेको न्यूनतम साझा कार्यक्रमको विषयमा पनि सामान्य छलफल भएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री निवास, #शेरबहादुर देउवा, #सत्ता साझेदार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्