एससीओ बैठकमा भाग लिन मोदीलाई पाकिस्तानको निम्तो
काठमाडौं । अक्टोबरमा आयोजना हुने सांघाइ सहयोग संगठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सीएचजी) को बैठकका लागि पाकिस्तानले भारतलाई निम्तो पठाएको छ ।
साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सीएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको हो ।
भारतीय विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामाबादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताइएको छ । सीएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ ।
सांघाई सहयोग संगठठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो । एससीओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #सांघाइ सहयोग संगठन, #सीएचजी
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्