मुकुल ढकाललाई साधारण सदस्य पनि नरहने गरि कारबाही गरिदैं
काठमाडौं । पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकले पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ ।
ढकाललाई पछिल्लो पटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नपठाएपछि आज कारबाही गर्न लागिएको हो । तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोप–प्रत्यारोप तहमा देखा परेको छ । जसका कारण रास्वपाले ढकाललाई महामन्त्रीबाट सुरुमा निलम्बन र पछि बर्खास्त गरेको हो ।
महामन्त्री पद खोस्दा पनि ढकालले सामाजिक सञ्जालमार्फत् सभापति लामिछानेको आलोचना गर्न नछोडेपछि रास्वपाले साधारण सदस्यतासमेत खारेज गर्ने तयारी गरेको हो । यस्तै, आजको बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, पार्टीको राष्ट्रियदेखि स्थानीय भेला तथा प्रशिक्षणलगायतका एजेण्डामा छलफल गर्न लागिएको हो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पूर्वमहामन्त्री मुकुल ढकाल, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्