Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने प्रधानमन्त्रीको घोषणा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरी बनाउने घोषणा गरेका छन् । उनले श्रीमती राधिका शाक्यको प्रस्तावमा पिपुल्स लाइब्रेरी बनाउन लागेका हुन् ।

ओलीले आज बिहान सामाजिक सञ्जालमा लेख्दै बालुवाटारको एउटा कोठामा लाइब्रेरी बनाउने घोषणा गरेका हुन् । उनले लेखकहरुलाई आफ्ना पुस्तकलाई हस्ताक्षरसहित दिन पनि आग्रह गरेका छन् । त्यसका लागि प्रधानमन्त्री पत्नी राधिकाले हप्ताको ६ दिन एक एक घण्टा छुट्याएको पनि उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीको स्टाट्स
पिपुल्स लाइब्रेरी बनाउने राधिकाको प्रयास !
बालुवाटारमा खाली रहेको पुस्तकालय कोठा देखाउँदै राधिकाबाट प्रस्ताव आयो । यहाँ पिपुल्स लाइब्रेरी बनाऔं। त्यहाँ पुस्तक राख्ने ६० वटा तख्ता रहेछन् । राम्रोसँग मिलाएर राख्दा १२ सय देखि २ हजारवटा पुस्तक अट्ने रहेछ। राधिकाको भनाइ थियो– ‘यहाँ सबैले पढेर मन पराएका पुस्तकहरु राख्नु पर्छ।’

लेखकले हस्ताक्षर गरेर दिएका र पाठकले मन पराएर हस्ताक्षर गरी पठाएका पुस्तक यस पुस्तकालयमा राख्ने व्यवस्था गरिएको छ। तपाईंहरु पनि पिपुल्स लाइब्रेरीका लागि आफूले लेखेका पुस्तक वा आफूलाई मन परेका पुस्तक बालुवाटारमा आएर दिन सक्नुहुन्छ । त्यसका लागि राधिकाले हप्तामा ६ दिन एक एक घन्टाको समय छुट्याउने कुरा भएको छ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पिपुल्स लाइब्रेरी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं