मधेश सरकारमा मन्त्री भइसकेका आलम दोस्रो पटक भने राज्यमन्त्री

काठमाडौं । मधेश सरकारले मंगलबार थपेका पाँच राज्यमन्त्रीमा एक जना पूर्वमन्त्री समेत परेका छन् । जसमा नेकपा एमालेबाट मोहम्मद जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका उनी पहिले नै क्याविनेट मन्त्री भएका थिए ।
रौतहट क्षेत्र नं.२ (क) बाट प्रदेश सांसदमा जितेका आलम यसअघि महिला बालबालिका युवा तथा खेलकुदमन्त्री भइसकेका व्यक्ति हुन् । पहिलो पटक क्याबिनेट मन्त्री बनेका जैद दोस्रा पटक भने राज्यमन्त्री बनेका छन् ।
पहिलो पटक उनी जसपाका सरोजकुमार यादव नेतृत्वको सरकारमा महिला बालबालिका युवा तथा खेलकुदमन्त्री बनेका थिए । दोस्रा पटक उनी राज्यमन्त्री बनेपछि सामाजिक संजालमा टिकाटिप्पणी भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दोस्रो पटक भने राज्यमन्त्री, #पूर्वमन्त्री
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्