मधेस प्रदेशमा २० जनाको जम्बो सरकार बनाएपछि चर्को आलोचना !

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेपछि यतिबेला सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । १५ सदस्यीय मन्त्रिपरिषद्को नेतृत्व गरिरहेका सिंहले पाँच राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएपछि उनको चर्को आलोचना भएको हो ।
मुख्यमन्त्री सिंहले सत्तारुढ नेपाली कांग्रेसबाट २ तथा जनमत, एमाले र लोसपाबाट १–१ राज्यमन्त्री नियुक्त गरी २० सदस्यीय जम्बो मन्त्रिपरिषद गठन गरेका हुन् । कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजक ऊर्जा सिँचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्री नियुक्त भएका छन् ।
एमालेबाट मो.जयद आलम भौतिक पूर्वाधार विकास, लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति र जनमतबाट शम्भु साह उद्योग पर्यटन राज्यमन्त्री बने । नवनियुक्त राज्यमन्त्रीहरूले मंगलबार नै शपथ लिएका छन् । यो सँगै मधेश सरकारको मन्त्रिपरिषद् अहिले सम्मकै ठूलो २० सदस्यीय भएको छ ।
मधेशमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सहित १२ मन्त्रालय रहेको छ । मुख्यमन्त्री सिंहले साउन ३ गते कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउँदा १५ सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । त्यतिखेरै प्रदेशका सबै मन्त्रालयले पनि नेतृत्व पाइसकेका थिए । सरकारमा जनमतका मुख्यमन्त्री बाहेक दुई मन्त्री, एमालेको चार मन्त्री र दुई राज्यमन्त्री, कांग्रेसको चार मन्त्री र लोसपाको एक मन्त्री थिए ।
कांग्रेसले दुई राज्यमन्त्री लिने सुँइको पाएपछि आफूले पनि थप एक राज्यमन्त्री पाउनुपर्ने अडान एमालेले राखेपछि मन्त्री थपिएका हुन । यतिबेला सत्तारुढ दलकै नेताहरूले सामाजिक सञ्जालमा सरकारको आलोचना गर्न थालेका छ्न् । सरकार विस्तारको सुचना यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्री सतीशकुमार सिंह, #सामाजिक सञ्जालमा चर्को
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्