कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ । कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । प्रदेश सभामा हाल नेपाली कांग्रेसका १४ र नेकपा एमालेका १० सांसद छन् ।
दुई दलका प्रदेश सभा सदस्यको मत उनलाई विश्वासको मत पाउन पुग्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको प्रदेश सभामा १३ जना सदस्य छन् भने एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक-एक प्रदेश सभा सदस्य छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मुख्यमन्त्रीले विश्वास, #यामलाल कँडेल
ताजा खबर
- १‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- २पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ३नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- ४कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ५कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?



तपाईको कमेन्ट लेख्नुहोस्