राज्यमन्त्री माग्दै प्रधानमन्त्री ओलीलाई रञ्जिताको पत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसदलाई राज्यमन्त्री बनाउन माग गर्दै अध्यक्ष रञ्जिता श्रेष्ठले पत्र पठाएकी छन् । सबैतिरबाट एक्लिदै गएकी अध्यक्ष श्रेष्ठले राज्यमन्त्री बनाउन पत्र लेखेकी हुन ।
अध्यक्ष रन्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई ओली नेतृत्वको सरकारको राज्यमन्त्रीमा सिफारिस गरेकी छन् । तर, अहिलेसम्म प्रधानमन्त्री ओलीले साना दलहरूलाई कति स्थान दिने भन्ने विषय टुङ्गो लागेको छैन ।
प्रतिनिधि सभामा चार सिट रहेको नाउपाले मन्त्री पाउने सम्भावना क्षीण रहेपछि अध्यक्ष रन्जिताले अरुणलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् । अरुण मन्त्रीका आकाङ्क्षी हुन् ।
केही समय अघिसम्म रन्जिता निकट रहेका अरुण अहिले रेशम निकट भएका छन् । उनले क्याम्प फेरेपछि संसदीय दलको नेतामा पनि रेशम निकटका गङ्गा चौधरी चुनिए । अहिले रन्जिताले नै उनलाई राज्यमन्त्रीमा सिफारिस गरेकी हुन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #ञ्जिता श्रेष्ठ, #नागरिक उन्मुक्ति पार्टी, #रञ्जिता श्रेष्ठ
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्