कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनीत भएका छन् ।
कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई प्रमुख सचेतकमा मनोनीत गरेका हुन् ।
यसअघिका प्रमुख सचेतक रमेश लेखक एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा गएपछि देउवाले घिमिरेलाई सो जिम्मेवारी सुम्पेका हुन् ।
उनी सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख सचेतक, #श्यामकुमार घिमिरे
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्