१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर
काठमाडौं । सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर आईपीओ निष्कासन गरेकाहरू छन् । यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर, १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् ।
बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ ।
मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सानिमा मिडिल तमोर, सुपर माइ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, ग्रीन भेन्चर, अपर सोलु हाइड्रोपावर, भूगोल इनर्जी, माथिल्लो मैलुङखोला, मेन्छियाम हाइड्रोपावर, अपरहेवाखोला, इङवा हाइड्रोपावर, रावा इनर्जी, सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनी छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अंकको रेकर्ड, #सेयर बजार, #हालसम्मकै उच्च
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्