१८ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, अधिकांश हाइड्रोपावर
काठमाडौं । सेयर बजार बढ्दै जाँदा डेढ दर्जन कम्पनीको मूल्य भने हालसम्मकै उच्च भएको छ । बुधबार उच्च मूल्य कायम भएका अधिकांश कम्पनी यसअघिको बुल चरण सकिएपछि प्राथमिक सेयर आईपीओ निष्कासन गरेकाहरू छन् । यतिबेला कुनै पनि सेक्टरका सूचकले उच्च अंकको रेकर्ड बनाएका छैनन् । तर, १८ कम्पनीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
यसअघि बोनस सेयर वा हकप्रद सेयर दिएको अवस्थामा समायोजनसहित १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । हालसम्मकै उच्च मूल्य भएका कम्पनीमा अधिकांश हाइड्रोपावर छन् ।
बुधबार इन्ट्राडे वा कारोबार बन्द हुँदा १८ कम्पनीको मूल्य हालसम्मकै उच्च भएको हो । तीमध्ये एक होटल, एक विकास बैंक, एक फाइनान्स कम्पनी छन् भने बाँकी १५ हाइड्रोपावर कम्पनी छन् । सिटी होटल, ग्रीन डेभलपमेन्ट बैंक तथा मल्टिपर्पस फाइनान्सको मूल्य हालसम्मकै उच्च भएको छ ।
मूल्य अहिलेसम्मकै उच्च हुने हाइड्रोपावर कम्पनीहरुमा मन्दाकिनी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, सानिमा मिडिल तमोर, सुपर माइ हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, ग्रीन भेन्चर, अपर सोलु हाइड्रोपावर, भूगोल इनर्जी, माथिल्लो मैलुङखोला, मेन्छियाम हाइड्रोपावर, अपरहेवाखोला, इङवा हाइड्रोपावर, रावा इनर्जी, सिक्लेस हाइड्रोपावर र सयपत्री हाइड्रोपावर कम्पनी छन् ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अंकको रेकर्ड, #सेयर बजार, #हालसम्मकै उच्च
ताजा खबर
- १पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
- २ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र
- ३आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम
- ४सिंहदरबारमा प्रधानमन्त्री कार्कीसँग दुर्गा प्रसाईंको भेट (तस्बिरसहित)
- ५क्रान्तिकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ



तपाईको कमेन्ट लेख्नुहोस्