महाकालीले खतराको तह पार गरेपछि सबै ढोका खोलियो

काठमाडौं । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको छ ।
नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । ती बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ ।
नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ । पानीले खतराको सतह नाघेपछि शनिवार साँझदेखि शारदा ब्यारेजमा रोक लगाइएको सवारीसाधनको आवागमन अझै सुचारु भएको छैन ।
शारदा ब्यारेजमा महाकाली नदीमा पानीको सतह एक लाख क्युसेक नाघेपछि चार पाङ्ग्रे सवारीसाधनमा रोक लगाउँदै आएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्