Techie IT
  • ९ कात्तिक २०८१, शुक्रबार
KhojPatrika

रुसका राष्ट्रपति पुटिन पुगे भियतनाम


काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भियतनाम पुगेका छन् । २४ वर्षपछि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सकेर पुटिन आज भियतनाम पुगेका हुन् ।

पुटिनलाई हनोईको अन्तर्राष्ट्रिय विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्वागत गरेका थिए । भियतनामका कम्युनिष्ट नेताहरूसँग वार्ता गर्न आज पुटिन त्यहाँ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पुटिनले गत मे महिनामा आफ्नो पाँचौं कार्यकालका लागि सपथ लिएपछि चीन र उत्तर कोरियापछि दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामको भ्रमण गरेका हुन् ।

पुटिन सन् २०१७ पछि पहिलो पटक भियतनाम पुगेका हुन्। भियतनामका शीर्ष नेताहरूसँग वार्ता गर्नुका साथै पुटिनले भियतनामका संस्थापक नेताको शव राखिएको स्थानमा गइ माल्यार्पण गर्ने कार्यक्रम रहेको छ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्