गृहमन्त्री लामिछानेले गरे राज्य समितिको बैठक बहिस्कार, एनजीओको पैसामा खाजा अर्डर गरेको आरोप
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राज्य व्यवस्था समितिको बैठक बहिस्कार गरेका छन् । अनावश्यक तडकभडक गरिएको भन्दै गृहमन्त्री लामिछाने बैठकमा सहभागी नभई हिँडेको बताइएको छ ।
गृहमन्त्री लामिछानेलाई आज विहान साढे ७ बजे समितिले छलफलका डाकेको थियो । बोलाइएको समयमै लामिछाने बैठकस्थलमा पुगेका थिए । तर, आजको बैठकमा मंहगो मूल्यका खाजा अर्डर गरिएको थाहा पाएपछि गृहमन्त्री भड्किएको बताइएको छ ।
खाजाको प्याकेटमा चना, फलफुल, जाम–पाउरोटी, अण्डा, आलु भुजुरी आदि राखिएको थियो । समितिको बैठकमा पहिलो पटक कुनै एनजीओले खाजाको प्रायोजन गरेको थियो । उनी छलफलमा सहभागी नभई बैठक छोडेर हिँडेका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री रवि लामिछाने, #राज्य व्यवस्था समिति
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्