देशका लागि नराम्रो नगर्नु नै सबैभन्दा राम्रो होः गृहमन्त्री रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु भएको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ ।
यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा ।’ गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी पनि गरे ।
उनले उपलब्धि नै भ्रष्टाचारका ठुला फाइल खोल्नुलाई लिइरहेको भन्दै उनले आफूहरु सरकारमा गएर विधिको स्थापाना गरेको दाबी गरे ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आदानप्रदान कार्यक्रम, #रवि लामिछाने, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्