पत्रकार महासंघका सदस्यको अन्तिम नामावली प्रकाशन गर्न माग
काठमाडौं । नेपाल पत्रकार महासंघले २७ औं केन्द्रीय महाधिवेशनका लागि वैशाख मसान्तभित्र निर्वाचन समितिलाई मतदाता नामावली उपलब्ध गराउनुपर्नेमा हालसम्म पनि आधिकारिक सूची उपलब्ध नगराइएकोप्रति ६ संगठनले आपत्ति जनाएका छन् ।
प्रेस चौधारी, प्रेस सेन्टर लगायत ६ संगठनले आज संयुक्त प्रेस वक्तव्य जारी गरेर पत्रकार महासंघको ध्यानकर्षण गराएका हुन् । जेठ २६ गते केन्द्र, प्रदेश, शाखा, प्रतिष्ठान र एशोशियटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने घोषणा गरिएपनि अहिलेसम्म सदस्यता विवाद टुंगिएको छैन ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘सदस्यहरूको अद्यावधिक नामावलीको सूची नबुझाइएकै कारण हालसम्म पनि निर्वाचन कार्यतालिका प्रकाशित हुन सकेको छैन । हामी देहायका संगठनहरू नेपाल पत्रकार महासंघको निर्वाचनलाई तोकिएको मितिमा निर्वाध रूपमा सम्पन्न गर्न केन्द्रीय नेतृत्वबाटै अवरोध भइरहेकोमा ख्रेद व्यक्त गछौं।’
तोकिएकै समयमा निर्वाचनको वातावरण बनाउँन माग गर्दै नेपाल पत्रकार महासंघका अद्यावधिक सदस्यहरुको नामावली तत्काल निर्वाचन समितिलाई बुझाई सार्वजनिक गर्न र उक्त नामावलीमा छुट भएका क्रियाशील पत्रकारहरूको नामावली समावेश गरी निर्वाचन समितिबाट प्रक्रिया बमोजिम अन्तिम नामावली प्रकाशन गर्ने वातावरण मिलाउन समेत माग गरेका छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्