रवि लामिछानेको नाम किटान गर्ने मागबाट किन पछि हट्यो कांग्रेस !
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा जसले गैरकानुनी रुपमा रकम लिएको छ छानबिन गरी उसमाथि कारबाहीको सिफारिस गर्ने भनेर स्पष्ट उल्लेख भएकाले गृहमन्त्री रवि लामिछानेको नाम नराखिएको बताएका छन् ।
गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नैपर्ने बटमलाइन बनाएको कांग्रेसले अन्ततः नाम उल्लेख नगरी सहमति जनाएपछि आज दलहरूबीचको सहमतिका आधारमा सहकारीका विषयमा संसदीय छानबीन समिति बनेको छ ।
उक्त विषयमा थप प्रष्ट पार्न कांग्रेसले मंगलबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारले सोधेको जिज्ञासामा लेखकले गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न भएमा त्यस्ता व्यक्तिमाथि छानबिन गरी कानुन अनुसार कारबाहीका लागि सिफारिस गरिने छ भनेर स्पष्ट उल्लेख रहेकाले गृहमन्त्री लामिछाने संलग्न भए कारबाही हुने प्रतिक्रिया दिएका हुन् ।
उनले भने, जो पनि संलग्न छन्, उनीहरूमाथि कारबाहीको सिफारिस गरिने छ भन्ने भएपछि गृहमन्त्री रवि लामिछाने संलग्न देखिए कारबाही हुन्छ, अरु देखिए अरु पनि कारबाहीमा पर्छन् । नाम नलेखेर पनि जान सकिन्छ भनेर सहमतिमा पुगेका हौँ । सबै पार्टी यो विषयमा सहमत छौँ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रमुख सचेतक रमेश, #सहकारी प्रकरण
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्