अमेरिकीद्वारा सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार, सामाजिक सञ्जालमा आलोचना

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । बुधबार लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन् । नेपाल क्रिकेट संघको निर्णयअनुसार उहाँ वेस्टइन्डिज र अमेरिकामा यही जुनमा हुने टी–२० विश्वकप खेल्न जाने तयारीमा छन् ।
नेपाली टोली यसअघि नै विश्वकप खेल्न गइसकेको छ । उनले फेसबुकमा अमेरिकी दूतावासले सन् २०१९ मा जस्तै फेरि एक पटक भिसा दिन अस्वीकार गरेकोले विश्वकपमा खेल्ने चाहना पूरा हुन नसकेको भन्दै माफ गरिदिन आग्रह गरे । यस्तै, लामिछानेलाई भिसा नदिएकोमा व्यापक आलोचना भएको छ ।
नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अमेरिकी दूतावासको सामाजिक सञ्जालमा व्यापक आलोचना गरिरहेका छन् । हालसालै अमेरिकी दूतावासले सार्वजनिक गरेको क्लर्क र क्यासियरको जागिरको विज्ञापनको सूचनामा फेसबुक प्रयोगकर्ताहरूले व्यापक आलोचना गरेका हुन ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #क्रिकेटर सन्दीप लामिछाने, #लामिछानेलाई भिसा दिन अस्वीकार
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्