कार्यदलको बैठक अनिश्चित, संसदीय छानबिन समितिको टीओआर बनाउनेमा विवाद
काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्रगत सर्त टुंगो लगाउने कार्यदलको बैठक बस्न अनिश्चित भएको छ ।
कार्यदल संयोजक एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अब प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र बैठक बस्ने तयारी गरिएको जानकारी दिएपनि कांग्रेसले आफुलाई जानकारी नै नभएको बताएको छ ।
संसदीय छानबिन समितिको कार्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेको छैन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र उनी जोडिएको सहकारीको नाम कार्यादेश (टीओआर) मा राख्ने कि नराख्ने विवादले संसदीय छानबिन समिति गठन हुन सकेको छैन् ।
सहकारीको बचत रकम अपचलनबारे छानबिन गर्न बन्ने संसदीय समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठकमा नेताहरुबीच आइतबार पटक–पटक गरी सात घण्टा भन्दा बढी छलफल भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #छानबिनका लागि गठन, #संसदीय समिति
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्