ललितपुरमा सुनचाँदीका गहना र नगद चोरीमा संलग्न ६ जना पक्राउ
ललितपुर । ललितपुरमा चोरी गर्ने समूहका व्यक्तिहरू पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२१ खोकनाका नवराज गुरुङको घरबाट चोरी गरेको आरोपमा ६ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप दोरम्बा गाउँपालिका–४ घर भई ललितपुर–१५ खुमलटार बस्ने ३७ वर्षीय कमल थापा मगर र ३५ वर्षीय धनलाल थापा मगर, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ का २८ वर्षीय सुवास सुनार, काठमाडौं मुलपानी बस्दै आएका ४१ वर्षीय रेशम बिक, टोखा नगरपालिका(३ का ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुंगा–१४ का मोहम्मद समिर रहेका छन् ।
पक्राउ परेका डाँगी न्यूरोड ताम्राकार कम्पलेक्सको मोवाइल पसल संचालक हुन् । उनले चोरी भएको बोबाइल किनबेच गरेक प्रहरीको भनाइ छ । समिर पनि मोबाइल किनबेचमा संलग्न भएका हुन् ।
उनीहरूलाई फरक(फरक दिन फरक(फरक ठाउँबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । गुरुङको घरबाट वैशाख ९ देखि ९ गतेको बीचमा सुनचाँदीका गरगहनाहरु, नगद तथा आइफोनलगायतका धनमालहरु चोरी भएको थियो ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, सम्पादकीय
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्