Techie IT
  • २ जेठ २०८२, बिहीबार
KhojPatrika

‘एकपटक बोल्न पाउनुपर्‍यो, त्यत्ति हो मागेको’ : गृहमन्त्री


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले एकपटक संसदमा बोल्न पाउनुपर्ने माग गरेका छन् ।

दलहरूबीच सहमति नजुटेर प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भइरहेका बेला लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो लेखेका हुन् । ‘एक पटक बोल्न पाउनुपर्‍यो । त्यत्ति हो मागेको । यति घिनलाग्दो मिडिया ट्रायल ?’

लामिछानेले लेखेका छन् । उनलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन। जसका कारण कांग्रेसले सदनमा अवरोध जारी राख्ने जनाएको छ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं