बढ्दै सहकारीमा ठगी प्रकरणः पोखराको प्राईम सहकारीबाट डेढ अर्ब बढी रकम झ्वाम
कास्की । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले साढे एक अर्बभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको अनुसन्धानले सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख ८ हजार एक सय ४२ रुपैयाँ हिनामिना भएको भएको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयले अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय कास्कीलाई मंगलबार पत्र पठाएको हो । पत्रका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै सहकारीका अध्यक्षसहित ८ जनालाई नियन्त्रणमा लिएको छ ।
सहकारीका अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, व्यवस्थापन निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणी पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पुर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवम् सल्लाहकार मानबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।
उनले सहकारीमा रकम हिनामिना भएको बारे थप अनुसन्धान भइरहेको बताएका छन् । पछिल्लो समय सहकारीका सञ्चालकको मनोमानीले बचतकर्ताको रकम हिनामिना भइरहेका घटना सार्वजनिक भइरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्राइम बहुउद्देश्यीय सहकारी, #साढे एक अर्बभन्दा बढी
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्