संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसमाथिको छलफल भने प्रतिनिधि सभा र राष्ट्रिय सभामा छुटाछुट्टै हुनेछ । प्रतिनिधिसभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने संघीय संसदका प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
राष्ट्रिय सभामा जेठ ३, ४ र ६ गते छलफल हुनेछ । अन्तिम दिनको छलफलबाट नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची छ । सरकारको नीति तथा कार्यक्रम पारित भएपछि जेठ १५ गते संघीय संसदमा बजेट प्रस्तुत हुने छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नीति तथा कार्यक्रम, #प्रतिनिधि सभा, #राष्ट्रिय सभा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्