Techie IT
  • ४ असोज २०८३, आईतबार
KhojPatrika

बालमन्दिर अवैध भाडा प्रकरणमा पुर्जी जारी भयो, तर कोही पक्राउ परेनन् !


काठमाडौं । काठमाडौँको नक्सालस्थित बालमन्दिरको सरकारी जग्गा हिनामिना गर्नेविरुद्ध पक्राउ पुर्जी जारी भएको ४ दिन बितेको छ । तर, २० मध्ये एक जना पनि प्रतिवादी प्रहरीले पक्राउ गरेको छैन् ।

बिहीवार बालमन्दिरका तर्फबाट जाहेरी लिएसँगै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले जिल्ला अदालत काठमाडौँबाट २० जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति पाएको थियो ।

अवैध तरिकाले जग्गा भाडामा दिने करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी रिता वैद्य सिंहसहित २० जनामाथि पक्राउ गर्न अनुमति लिएको थियो ।

तत्कालीन अध्यक्ष सिंह तथा वृहस्पति विद्या सदनका सञ्चालक पुरुषोत्तमराज जोशीबीचको मिलेमतोमा बाल संगठनको स्वामित्वमा रहेको २८ रोपनी पाँच आना जग्गा दुरुपयोग भएको उजुरी सीआइबीमा परेको छ।

सिआइबीले अनुसन्धानमा कसैको प्रभाव नपरेको र विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताएको छ। पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना प्रतिवादीको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

बालमन्दिरका तत्कालीन अध्यक्ष सिंह नेपाली कांग्रेसका सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहकी छोरी र नेता प्रकाशमान सिंहकी बहिनी हुन् ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #जग्गा हिनामिना गर्ने, #बालमन्दिरको सरकारी जग्गा

तपाईको कमेन्ट लेख्नुहोस्