२५ वर्षदेखि सत्तामा रहेका पुटिनले पाँचौँ पटक लिए राष्ट्रपतिको शपथ
काठमाडौं । भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा पाँचौँ कार्यकालका लागि शपथ लिएका छन् । उनले मार्चमा भएको निर्वाचनमा भारी बहुमतसहित विजय हात पारेका थिए । जसका कारण उनी अब ६ वर्ष सो पदमा रहनेछन् ।
कार्यकाल सकिँदा उनी ७७ वर्ष पुग्नेछन् । मंगलबार क्रेमलिनमा आयोजित शपथ समारोहमा सैन्य तथा राजनीतिक नेतृत्वको उपस्थिति थियो । सो समारोहमा प्रतिनिधि पठाउन अमेरिका र थुप्रै युरोपेली मुलुकले अस्वीकार गरेका छन् ।
रुसको राजनीतिमा पुटिन धेरै वर्षदेखि चुनौतीविहीन नेता रहँदै आएका छन् । पटक–पटक संविधान संशोधन गरेर उनले आफू सर्वोच्च पदमा रहने बाटो खोल्ने गरेका छन् । उनी आफ्ना व्यक्तिगत घटनाहरुलाई अति गोप्य राख्छन् ।
३० वर्षको दाम्पत्यपछि उनले २०१३ मा पत्नी ल्युदमिलासँग सम्बन्धविच्छेद गरे । उनीहरुका दुई छोरी मारिया र कतरिना छन् । मारिया प्राज्ञिक व्यक्तित्वका साथै व्यवसायी हुन् भने कतरिना एउटा रिसर्च फाउन्डेसनकी प्रमुख छिन् ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #पाँचौँ कार्यकाल, #भ्लादिमिर पुटिन, #राष्ट्रपति पद
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्