Techie IT
  • २ माघ २०८१, बुधबार
KhojPatrika

२५ वर्षदेखि सत्तामा रहेका पुटिनले पाँचौँ पटक लिए राष्ट्रपतिको शपथ


काठमाडौं । भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदमा पाँचौँ कार्यकालका लागि शपथ लिएका छन् । उनले मार्चमा भएको निर्वाचनमा भारी बहुमतसहित विजय हात पारेका थिए । जसका कारण उनी अब ६ वर्ष सो पदमा रहनेछन् ।

कार्यकाल सकिँदा उनी ७७ वर्ष पुग्नेछन् । मंगलबार क्रेमलिनमा आयोजित शपथ समारोहमा सैन्य तथा राजनीतिक नेतृत्वको उपस्थिति थियो । सो समारोहमा प्रतिनिधि पठाउन अमेरिका र थुप्रै युरोपेली मुलुकले अस्वीकार गरेका छन् ।

रुसको राजनीतिमा पुटिन धेरै वर्षदेखि चुनौतीविहीन नेता रहँदै आएका छन् । पटक–पटक संविधान संशोधन गरेर उनले आफू सर्वोच्च पदमा रहने बाटो खोल्ने गरेका छन् । उनी आफ्ना व्यक्तिगत घटनाहरुलाई अति गोप्य राख्छन् ।

३० वर्षको दाम्पत्यपछि उनले २०१३ मा पत्नी ल्युदमिलासँग सम्बन्धविच्छेद गरे । उनीहरुका दुई छोरी मारिया र कतरिना छन् । मारिया प्राज्ञिक व्यक्तित्वका साथै व्यवसायी हुन् भने कतरिना एउटा रिसर्च फाउन्डेसनकी प्रमुख छिन् ।


क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #पाँचौँ कार्यकाल, #भ्लादिमिर पुटिन, #राष्ट्रपति पद

तपाईको कमेन्ट लेख्नुहोस्