सन्दीपले लामिछानेले भने–म त फसेँ, बोलेकै भरमा अब अरु कोही नफसोस् !
काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौबाट दोषी ठहर भएका सन्दीप लामिछानेले आफू कानुनले नभइ अनुमान र एकतर्फी भनाइले दोषी भएको दाबी गरेका छन् ।
सामाजिक संजालमार्फत सन्दीपले जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटि रहेको उल्लेख गरेका छन् । उनको मुद्दाको पुनरावेदन उच्च अदालतलाई विचाराधीन छ ।
’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें । कानूनी व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुस्टि गर्छ’, उनले लेखेका छन् ।
यो घटना घटेको नभई घटाइएको भएको सन्दीपले उल्लेख गरेका छन् । ’‘म यो घटनाको निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकी छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो’, उनले लेखेका छन् ।

क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #बलात्कार मुद्दा, #सन्दीप लामिछाने, #सन्दीपले जिल्ला अदालत
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्