भ्रमण छोट्याएर फर्किएका उपेन्द्रले संसदीय दलको बैठकमा छलफल गदैं बस्दै
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव स्वदेश फर्किएका छन् । आफू विदेशमै भएको बेला अशोक राईको नेतृत्वमा बहुमत सदस्यले पार्टी फुटाएपछि यादव भ्रमण छोट्याएर गएराति फर्किएका हुन् ।
कतार एयरवेजको जहाजबाट राति १ बजेतिर त्रिभुवन विमानस्थल उत्रिएका यादवलाई स्वागतका लागि पार्टीका नेता रकार्यकर्ता र मन्त्रालयका अधिकारी पुगेका थिए ।
उनी न्यूयोर्कस्थित यूएन सेक्रेटरियटमा आयोजित विश्व जनसंख्यासम्बन्धी सम्मेलनमा भाग लिन गत शनिबार त्यता गएका थिए । यादवले संसदीय दलको बैठक बोलाएका छन् । पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई बैठकमा बोलाइएको छ ।
केहीबेरपछि बस्ने बैठकमा पार्टी विभाजनपछिको अवस्था र सरकारमाथिको समर्थनलगायतका विषय साथै भावी रणनीतिबारे निर्णय लिइने बताइएको छ । अशोक राईले प्रतिनिधिसभाका १२ मध्ये ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरमा नयाँ पार्टी जसपा दर्ता गरिसकेका छन् । अब उपेन्द्रसँग प्रतिनिधिसभामा ५ जना मात्रै सांसद छन् ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आफू विदेशमै, #बहुमत सदस्यले पार्टी, #स्वास्थ्यमन्त्री उपेन्द्र यादव
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्