सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा फेरि भारतको असन्तुष्ट
काठमाडौं । नेपाल सरकारले एक सयको नोटमा नेपालको चुच्चे नक्सा राख्ने निर्णयमा असन्तुष्टि जनाएको छ । चुनावी अभियानका क्रममा भुवनेश्वर पुगेका भारतीय विदेशमन्त्री एस जयशंकरले सय रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने नेपाल सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका हुन् ।
पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफ दिँदै उनले आफूले नेपाल सरकारको निर्णय सुनेको तर यस विषयमा भारतको स्पष्ट धारणा रहेको बताए । उनले भने‘ ‘सीमा क्षेत्र र नक्साका विषय दुई देशीय विषय भएकाले नेपालले गरेको एकल निर्णयको अर्थ छैन ।
धरातलीय यथार्थताका आधारमा निर्णय गर्नुपर्छ। यसमा हामी प्रष्ट छौं।’ गत बिहीबार बसेको मन्त्रिपरिषदले एक सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेको थियो ।
एक सय रुपैयाँ दरको बैँकको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको पुरानो नक्साको सट्टामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको चुच्चे नक्सा राख्न सरकारले नेपाल राष्ट्र बैँकलाई स्वीकृति दिएको समेत दिइसकेको छ।
नेपालले २०७७ जेठ ७ गते सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले उक्त भूभाग आफ्नो दाबी गर्दै आएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेपालको चुच्चे नक्सा
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्