स्यूचाटार र तारकेश्वर समितिबीच भयो खानेपानी सम्बन्धि छलफल

काठमाडौं । नार्गाजुन नगरपालिका १० साविक स्यूचाटार वडा ५ मा तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा छलफल भएको छ । छलफलमा स्यूचाटार वडा–५ मा खानेपानीको समस्या र समाधानका बारेमा छलफल भएको हो ।
छलफलमा सहभागि भएका उपभोक्ताहरुले समितिका पदाधिकारीलाई भैरवी ओभरहेड ट्याङ्की बाट नियमित पानी कहिलेबाट वितरण हुन्छ भन्दै प्रश्न गरेका थिए । उनीहरुले ट्याङ्की, पाईप फुट्ने समस्याबाट आजित भएको गुनासो समेत सुनाएका थिए । ट्याङ्की निर्माण अवधिमा प्रयोग गरेका सामुदायिक भवनको कोठा र पानी ट्याङ्की सफा नगरिएको भन्दै उपभोक्ताले प्रश्न उठाएका थिए ।
उपभोक्ताले सबैतिर समान रुपमा पानी बितरण नभएको भन्दै पदाधिकारीलाई जिज्ञासा राखेका थिए । उपभोक्ताले गुनासो गरेपछि तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष प्रधुम्न के.सीले अब कुनै समस्या नआउने दाबी गरे ।
ओभरहेड ट्याङ्की निमार्णको समयमा खानेपानी समितिको अध्यक्षमा आफू नरहेको र ट्याङ्की निर्माण समिति पनी छुटै रहेको जानकारी केसीले दिएका छन् । उनले ट्याङ्की निमार्णको क्रममा प्रयोग भएका पानी ट्याङ्की र कोठा सफा गरिदिने पानी छान्न प्रयोग हुने फुटेको हिलट्याङ्की र पानीका पाईपहरुको समस्या चाडै समाधान हुने प्रतिबद्वता समेत जनाएका थिए ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपभोक्ता समिति
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्