गुटेरेसलाई भेटेर स्वास्थ्यमन्त्रीले भने, स्वास्थ्य क्षेत्रमा सहयोग बढाउनुस्
काठमाडौं । स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि जोगाइराख्न संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास साझेदारको सार्थक सहयोग अपरिहार्य भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या तथा विकास आयोगको न्युयोर्कमा जारी ५७ औँ बैठकमा भाग लिन त्यहाँ रहेका मन्त्री यादवले संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेससँग भएको भेटवार्तामा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वका कारण नेपालले दिगो विकासका लक्ष्यका साथै स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धि जोगाइराख्न चुनौती भएकाले राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय विकास सहायता अपरिहार्य भएको तर्क गरे ।
संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको भेटवार्तामा मन्त्री यादवले संयुक्त राष्ट्रसंघको बडापत्र एवं सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको बताउँदै देशको सामाजिक – आर्थिक विकासमा राष्ट्रसंघले गरेको योगदानको सराहना गरेको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
मन्त्री यादवले नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, प्रजनन दर र मातृ मृत्युदर घटाउनेलगायत जनस्वास्थ्यका क्षेत्रमा प्रगति गरेको जानकारी दिँदै भूवरिवेष्टित एवं अतिकम विकसित राष्ट्र नेपाललाई विकासका निम्ति बाह्य सहायता आवश्यक भएको बताए ।
महासचिव गुटेरेसले शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति सेना परिचालन गर्ने मुलुकहरूमा नेपाल अग्रस्थानमा रहेको बताउँदै नेपाली शान्ति सेनाले निर्वाह गरेको भूमिकाको सराहना गरे । उनले स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धिको प्रशंसा पनि गरे। उनले स्वास्थ्य क्षेत्रका निम्ति राष्ट्रसंघीय निकायहरूमार्फत थप सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- २बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ३नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण
- ४पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- ५सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत



तपाईको कमेन्ट लेख्नुहोस्