बझाङमा कांग्रेसको अग्रता कायमै
काठमाडौं । बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । २२ हजार २९६ मत गन्दा नेपाली कांग्रेसले अग्रता बनाएको छ ।
नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ४०६ मत ल्याएर शीर्ष स्थानमा छ । उनलाई एमालेका दमनबहादुर भण्डारीले ८ हजार १६५ मत ल्याउँदै पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ११३ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत ल्याएका छन् ।
बझाङको क्षेत्र नम्बर १ को प्रदेशसभा ९१ ० मा शनिबार भएको उपनिर्वाचनमा ४९।१२ प्रतिशत अर्थात ३० हजार ३२८ मत खसेको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #बझाङ क्षेत्र १, #मतगणना जारी
ताजा खबर
- १पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको आग्रह
- २पार्टी कार्यालय नगएर निजी घरमा बालेनको दिनभर भेटघाट
- ३राष्ट्रिय सभामा कांग्रेस बन्यो पहिलो दल, गठबन्धनले पायो सार्थकता
- ४राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
- ५रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको साथ



तपाईको कमेन्ट लेख्नुहोस्