कतारका राजा पहिलो पटक आज नेपाल आउँदै, राष्ट्रपति पौडेलले स्वागत गर्ने !
काठमाडौं । कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन् । पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेभित्र नेपाल आइपुग्ने कार्यतालिका छ ।
उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ । कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जाने भएका छन् । उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ ।
मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ । अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ । उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन् ।
भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ । वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन् । यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।
उनी बुधबार स्वदेश फर्किनेछन् । बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अल थानी, #कतारका अमिर राजा, #कतारका अमिर शेख
ताजा खबर
- १निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान
- २घरदैलोमा रुकुमपश्चिमका कांग्रेस उम्मेदवार (फोटो फिचर)
- ३रवि लामिछानेको चुनौतीः देश अन्तिम सुनामीको तयारीमा छ, जो जो मिल्नु छ मिल
- ४नयाँ संसद् भवन अगाडि जेन-जी शहीदहरूको सालिक राख्ने सरकारको निर्णय
- ५कांग्रेसले निर्वाचनका लागि खटायो सातै प्रदेशमा नेताहरू (विवरणसहित)



तपाईको कमेन्ट लेख्नुहोस्