कांग्रेसले बोलायो संसदीय दल कार्यसमितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसले आइतबार संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार बिहान साढे ७ बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको कांग्रेसले ८ बजे संसदीय दलको बैठक बोलाएको एक सूचना मार्फत जानकारी दिएको छ ।
कांग्रेसको संसदीय दलमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु रहनेछन् । संसदीय दलको कार्यसमितिमा भने संसदीय दलका नेता, उपनेता, राष्ट्रियसभा संसदीय दलका नेता, प्रमुख सचेतक, सचेतक र पार्टीका महामन्त्री पदेन सदस्य रहनेछन् ।
कांग्रेसमा हाल सभापति शेरबहादुर देउवा संसदीय दलका नेता छन् भने उपनेता पनि चयन भएका छैनन् । संसदीय दलमा प्रदेशका सम्पूर्ण संघीय सांसदमध्येबाट एक एक जना गरी ७ जना, कम्तीमा पाँच जना महिला रहने गरी दुई जना खस आर्य, दुई आदिवासी जनाजाति, दुई मधेशी, दुई दलित, एक थारु, एक मुस्लिम, एक पिछडिएको क्षेत्रका सदस्य गरी ११ जना निर्वाचित हुनेछन् ।
त्यस्तै भौगोलिक आधार, समावेशी प्रतिनिधित्वलगायतका आधारमा सन्तुलन मिलाएर एक तिहाइ महिला सदस्य सुनिश्चित हुने गरी संसदीय दलको नेताले पाँच जना मनोनित गर्नेछन् । कांग्रेसले संसदीय दलको कार्यसमितिमा निर्वाचित र मनोनित सदस्य पनि चयन गरेको छैन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्