एसीसी प्रिमियर कपको दोस्रो खेलमा पनि नेपाल विजयी, कतार ३२ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप २०२४ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले शनिबार कतारलाई ३२ रनले पराजित गरेको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको विशाल लक्ष्य पाएको थियो ।
कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले २२ रन जोडे पनि टिमको जितका लागि पर्याप्त भएन ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २र२ तथा कुशल मल्ल र अविनाश बोहराले १र१ विकेट लिए । यसअघि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्